
काठमाडौं, ९ माघ । डलर अर्बपति व्यापारी विनोद चौधरी समुहको लगानी रहेको युनाइटेड फाइनान्सका सिइओ अजय मिश्र धरौटीमा रिहा भएका छन् ।
पूर्वपश्चिम राजमार्गको बारा–जितपुर सडकखण्डमा पाटेबाघलाई कारले ठक्कर दिएपछि सडकमै बागको मृत्यु भएको थियो ।
बा १६ च ८११ नम्बरको कारमा हुइकिएर आएका मिश्रले गत पुस १८ गते जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा ठक्कर दिँदा पाटेबाघ घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले तत्कालै नियन्त्रणमा लिएका मिश्रलाई वन्य जन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाइएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्जले मुद्दा दायर गरेपछि उनी १० दिन हिरासतमा बसेका थिए । उनले साढे ६ लाख धरौटी बुझाएका थिए ।
वन्यजन्तु संरक्षण ऐन अनुसार यस्तो कसुरमा उनलाई १० वर्षदेखि १० लाख रुपैयाँ सम्म जरिवाना हुनसक्थ्यो । तर, शक्तिको आडमा बारा जिल्ला अदालतमा उनले सेटिङ गरेर धरौटी मात्रै बुझाएर छुट्न सफल भएको स्रोत बताउँछ ।
यद्धपी निकुञ्जले भने उनलाई ५ लाखदेखि १० लाखसम्मको जरिवाना र ५ देखि १० वर्षको कैद सजाय माग गरेको थियो ।