भारतको राजधानी दिल्लीमा बम विष्फोट : सुरक्षा सतर्कता बढाइयो !

दियो पोस्ट  

एजेन्सी : भारतको राजधानी दिल्लीमा भएको बम विष्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ। दिल्लीस्थित इजरायली राजदूतावास परिसरमा शुक्रबार साँझ बम विष्फोट भएको थियो।

विष्फोटमा कोही हताहती नभए पनि केही सवारी साधनमा क्षति पुगेको छ। विष्फोटपछि भारत सरकारले अन्तर्राष्ट्रिय विमानस्थलदेखि महत्वपूर्ण सरकारी निकायसम्म सुरक्षा सतर्कता बढाएको हो।

दिल्ली, उत्तरप्रदेश लगायतका राज्यमा सुरक्षा सतकर्ता बढाइएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन्।

अयोध्यासहित उत्तरप्रदेशका सबै क्षेत्र र उत्तराखण्डको हरिद्वारमा पनि सुरक्षा सतर्कता बढाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

भारतका गृहमन्त्री अमित शाहले विष्फोटमा संलग्न व्यक्तिलाई तत्काल गिरफ्तार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।