
मानसिंह विश्वकर्मा
रोल्पा, १८ माघ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र, संघीयता र परिवर्तनको विरोधी भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले नेपाली जनताको त्याग तपस्या बलिदानबाट आएको उपलब्धीको प्रतिनिधिसभा मात्रै होइन संविधानको नै हत्या गरेर नयाँ बादशाह बन्न खोजेको भन्दैे परिवर्तनलाई हत्या गर्ने प्रवृत्ति विरुद्धमा एक हुन आवश्यक रहेको बताए ।
रोल्पामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले भने,‘हामीले क्रान्तिको कुरा गर्दा भरुवा बन्दुकले पनि क्रान्ति सम्भव छ भनेर प्रश्न गर्दथ्ये जनयुद्ध सही नै थियो, एजेण्डा नै सही थिए, जनयुद्धको जगमा नै शान्ति सम्झौता अनुसार गणतन्त्र र संघीयता आएको हो । ै त्यसको प्रमुख श्रेय माओवादी जनयुद्धलाई जान्छ ।’
उनले जनयुद्धकालमा रोल्पाको दुम्ला बैठक र घर्तीगाउँको लोसेबाङको बैठकबाट १२ बुढे सहमति गर्दै राजतन्त्र अन्त्यका लागि नेपाली कांग्रेस र एमालेहरुलाई साथमा लिएर अगाडि बढेको बताउँदै राजतन्त्रको लागि माओवादी जनयुद्धनै प्रमुख आन्दोलनको जग भएको बताए ।
लामो समय माओवादी जनयुद्धमा सहभागी नेता भट्टराईले नेपालमा शान्ति प्रक्रिया, समाजवाद, संघीयता, सामाजिक न्यायको कुरा त तत्कालीन माओवादीकै प्रमुख एजेण्डा भएको बताउँदै कांग्रेस र तत्कालीन नेकपा एमालेको एजेण्डा नभएको बताए । ‘केपी शर्मा ओली तत्कालीन रुपमा पनि गणतन्त्र, संघीयता, धर्म निरपेक्ष, समावेशी विरोधी भएको इतिहासको तथ्य नै हो, उनले त्यसलाई सखाप पार्न चहान्छन् । परिवर्तनको विराधीलाई एक भएर प्रराष्ट गर्न सकिन्छ त्यो तयारी गर्नुछ,” उनले भने ।
तत्कालीन समयमा आफूहरुले गणतन्त्रको कुरा गर्दा तत्कालीन एमाले भित्रका माधव नेपालको टिमसंग ऐजेण्डा, मुद्धामा निकै सहकार्य भएको बताए । तर केपी शर्मा ओलीसंग गणतन्त्रको एजेण्डामा शत्रुता पूर्वक सम्बन्ध रहेको ओली गणतन्त्र र परिवर्तनको विरोधी भएको उनले बताए ।
केपी ओलीसंग पार्टी एकता गरेर प्रचण्डले भूल गरेको बताउँदै उनले भने,‘अब प्रचण्ड, माधवको नेतृत्वमा ढिलै भएपनि अलग हुनुभएको छ, त्यो नै सही भएको कुरा गर्दै अब प्रतिगमनको विरुद्धको यात्रामा खुट्टा नकमाउनको लागि अनुरोध छ । अब पार्टी कानूनी रुपमा अलग बनाउनुहोस्, हाल त प्रगितमनको विरुद्धमा नै आधिवेहरी सृजना गर्नुपर्दछ, त्यसपछि नेपाली कांग्रेस, तपाईंहरुको पार्टी र हाम्रो पार्टी चुनावमा जाऔँ, त्यसपछि पछि अरु छलफल गरौँ ।’
प्रधामन्त्री ओलीले आफूलाई कठिन परेमा जनताबाट निर्वाचित पहिलो दल, दोस्रो दल, तेस्रो दललाई मौका दिने ति राजनीतिक दलबाट नभएमा कसै व्यक्तिले बहुमत पु¥याउँछु भनेमा त्यसलाई मौका दिने त्यसबाट पनि नभएमा मात्रै अन्तिममा संसद विगठन गर्न पाउने भट्टराईको भनाई थियो ।