इन्सेटमा नेपालबाट भिजिट भिषामा मानव तस्करी गर्दै आएको गिरोहका नाइके कोमलराज उपाध्याय र दलाल खगेन्द्र लम्साल
काठमाडौं । भिजिट भिषाको आवरणमा नेपालबाट दुबई मानव तस्करी गर्दै आएको गिरोहका ‘नाइके’ कोमल राज उपाध्यायले नेपाली युवाहरुलाई विचल्ली बनाएको भिडियो नै फेला परेको छ ।
उपाध्यायले सञ्चालन गरेको त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीजले आकर्षक तलब मोह देखाएर नेपाली सेनाका जागिर छाडेर भिजिट भिषामा दुबई पुगेका नेपाली सहित रोजगारीका लागि भिजिट भिषामा दुबई पुगेका अन्य नेपालीहरुको भिडियो नै प्राप्त भएको छ ।
उनीहरुले ८० दिनदेखि ९० दिनसम्म भिजिट भिषामा दुबई ल्याएर काम समेत नदिएर विचल्ली बनाएको भन्दै उपाध्यायलाई नै घेराबन्दी गरेको भिडियो फेला परेको हो ।
विचल्ली परेका नेपालीहरुले घराबन्दी गरेपछि कमलले ‘२४ घण्टाको समय चाहियो’ भन्दै समय मागेको देख्न सकिन्छ ।
@diyopost ‘मानव तस्कर कोमलराज उपाध्याय’ले दुबईमा बिचल्ली बनाएका नेपाली यस्तो अवस्थामा छन् (भिडियो)
विचल्लीमा परेका नेपालीहरुले उपाध्यायलाई ‘यदि काम गराउन नसक्ने भए यो कागजमा हस्ताक्षर गर्नुस्’ भन्दै कागज दिएको भिडियोमा देखिन्छ । तर, उनले आफूले उक्त कागजमा हस्ताक्षर नगर्ने बरु काम नगर्ने भए नेपाल फर्कन धम्की दिएको प्रष्ट सुनिन्छ ।
@diyopost ‘मानव तस्कर कोमलराज उपाध्याय’ले दुबईमा बिचल्ली बनाएका नेपाली यस्तो अवस्थामा छन् (भिडियो)
२४ घण्टामा काम लगाउन सक्ने भए यो कागजमा हस्ताक्षर गर्नुस् भन्दै पीडितहरुले दिएको कागजातमा उनले हस्ताक्षर गर्न अस्विकार गरेपछि उनीहरुबीच तनावको स्थिति समेत भएको देखिन्छ ।
‘म यो कागजातमा सही गर्न सक्दिनँ । मेरो कुरामा विश्वास गर्न सक्नुहुन्छ भने ठीकै छ,’ कोमलले नेपालीलाई भनेका छन् । तर, जवाफमा नेपालीहरुले ‘तपाईंको एउटा कुरामा विश्वास छ केही ? भन्दै प्रश्न गरेका छन् ।
उपाध्यायसँग सवाल जवाफ गर्नेमा अधिकांश नेपाली सेनाका जवान देखिन्छन् । उनीहरुले नेपाली सेनाको पहिरन समेत लगाएको देखिन्छ ।
विचल्लीमा परेकाहरुले कोमललाई ‘काम लगाउन नसक्ने मान्छे किन बोलाएको ?’ भन्दै प्रश्न गरेका थिए ।
@diyopost ‘मानव तस्कर कोमलराज उपाध्याय’ले दुबईमा बिचल्ली बनाएका नेपाली यस्तो अवस्थामा छन् (भिडियो)
बिचल्लीमा परेका एक नेपालीका अनुसार उक्त समयमा कोमलले २४ घण्टा नभई ७ दिन भित्र काम लगाउने कागजमा हस्ताक्षर गरेका थिए ।
‘हामीलाई नोभेम्बर २७ मा उसले कागजात गरेको थियो । एक हप्ता भित्र काम लगाउँछु भनेर । तर अहिलेसम्म हामीलाई काम दिन सकेको छैन,’ ती पीडितले भने,‘समाचारहरुमा आउन थालेपछि उल्टै काम लगाउन सक्दिनँ भन्ने धम्की दिन थालेको छ ।’
@diyopost ‘मानव तस्कर कोमलराज उपाध्याय’ले दुबईमा बिचल्ली बनाएका नेपाली यस्तो अवस्थामा छन् (भिडियो)
तर, फट्याइँ गर्न माहिर उपाध्यायले दियोपोस्ट डटकममा खण्डन पठाउँदै उक्त कागजात र हस्ताक्षर आफ्नो नभएको दाबी गरेका छन् । भिडियोमा भने उनैले कागजात बनाएर हस्ताक्षर गरेको देखिन्छ ।
‘समाचारमा राखिएको मैले लेखेको भनिएको ग्यारेन्टी पत्र नक्कली हो । मेरो वास्तविक हस्ताक्षर र त्यहाँ गरिएको हस्ताक्षर मिल्दैन । यसको पुष्टि मेरा विभिन्न सरकारी कागजातहरुले पनि गरेका छन्,’ कोमलको दाबी छ,‘समाचारमा त्रिनेत्र कन्सल्टेन्सीको छाप समेत नक्कली राखिएको छ । यसबारेमा म कानुनी उपचारकै क्रममा छु ।’
तर, नोभेम्बर २७ मा दुबईमा विचल्ली नेपालीहरुसँग उनले स्वयं हस्ताक्षर गरेको पीडित नेपालीको भनाई छ ।
समाचारको स्रोत र पीडितहरुको पहिचान खोज्न भन्दै नेपाल आएका उपाध्यायले दियो मिडियाका अध्यक्षलाई समेत भेटेर स्रोत र पीडितको पहिचान खुलाउन दबाव दिएका थिए । अनामनगरस्थित एक रेष्टुरेन्टमा एक जना सञ्चारकर्मी, स्वास्थ्यकर्मी, धादिङका व्यावसायीसँग छलफल गरिरहेका दियोपास्ट डटकमका अध्यक्ष सुदीप विश्वकर्मालाई भेट्न उनी विभिन्न मान्छेहरुको समुह नै लिएर त्यहाँ पुगेका थिए ।
दियोपोस्टकर्मीसँगको भेटमा समेत उनले आफ्नो स्टाफका लागि आफूले कागजमा हस्ताक्षर गरेको बताएका थिए ।
यसअघि प्रकाशित समाचारमा एक नेपाली युवाको भौचरमा भुलबस मोबाइल नम्बर देखिएपछि तस्करहरुको समुहले ती नेपाली युवाको नेपालस्थित परिवारलाई फोन गरेर तनाव दिएका छन् । उपाध्यायसहितको समुहले दुबईमा ती युवालाई अपहरण गरि कुटपीट समेत गरेको पाइएको छ ।