कियारा र सिद्धार्थको वैवाहिक कार्यक्रम आजदेखि सुरु

दियो पोस्ट  

काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाह कार्यक्रम आज देखि सुरु भएको छ । विवाह समारोह राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेस होटलमा हुनेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जना आफन्त र परिवारसहित जैसलमेर पुगिसकेका छन् । आजदेखि केही दिनसम्म भव्य रुपमा वैवाहिक कार्यक्रमहरु हुने जनाइएको छ ।

कियारा र सिद्धार्थ तीन वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । दुवैको प्रेमकथा फिल्म ‘शेरशाह’को सेटबाट सुरु भएको थियो । सिद्धार्थले फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट डेब्यु गरेका थिए । उनले अहिलेसम्म १५ वटा फिल्म गरिसकेका छन् । कियाराले २२ फिल्म गरिसकेकी छन् ।

 

सम्बन्धित खबर