काठमाडौं । मदिरा उत्पादक संघका पूर्व अध्यक्ष हुन् रवि केसी । हाल उनी सुर्य नेपाल नामक कम्पनिका उपाध्यक्ष समेत छन् । उनै केसी हिजो आज अखाद्य पदार्थ बेचविखनमा लागेको खुलाशा भएको छ ।
उनको स्वामित्वर हेको बाह्रसिंगे बियरमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा हानेको छ । पछिल्लो समय निकै चर्चामा रहेको उक्त बेयर देशैभर म्याद सकिएको अवस्थामा फेला परेको छ ।
विभागले उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर बरामद गरेको छ ।
बजार अनुगमन टोलीले बजार निरीक्षण गर्ने क्रममा सुरक्षित उपभोग्य मिति सकिएका बाह्रसिङ्गे ब्राण्डका बियर नियन्त्रणमा लिएको हो ।
उनको स्वामित्व रहेको याक ब्रुअरी कम्पनीले उत्पादन गरेको उक्त काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङको ३ वटा गोदाममा विभागले छापा मारेको हो ।
भण्डार गरिरहेको अवस्थामा बरामद गरिएका ती कुनैपनि वियरको उपभोग्य मिति कायम नरहेको विभाग स्रोतले जनाएको छ । निरीक्षण टोलीले आवश्यक कारवाहीका लागि गोदाम सिलवन्दी गरेको छ ।
६५० मिलि लिटर र ३३० मिलि लिटरका बोत्तलमा रहेका बियरको बजार मूल्य करिब ६० लाख भन्दा बढी पर्ने देखिएको विभागले जनाएको छ । विभाग स्रोतका अनुसार उक्त बियर उद्योगबाटै म्याद सकिएको वियर उत्पादन हुने गरेको छ ।
‘विशेषगरी भोजभतेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा यस किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियर लगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने सूचनाका आधारमा त्यस किसिमका कारोबारस्थल र आपूर्तिकर्ता/डिलरहरूको बिक्री तथा गोदामकक्षको निरीक्षणलाई विभागले विशेष महत्वका साथ अगाडि बढाइरहेको छ,’ विभागले भनेको छ ।
स्रोतका अनुसार ठमेलका अधिकांश बार तथा क्लबहरुमा म्याद सकिएका बियर विक्री वितरण हुने गरेका छन् ।
स्रोतका अनुसार केसीले विभिन्न शक्तिकेन्द्र मार्फत आफूमाथिको छानबीन रोक्न दबाव दिएका छन् ।