पूर्वसेनापति गडुल शम्शेरकी छोरी विरुद्ध पक्राउ पूर्जी : ६ अर्बभन्दा बढी ठगीको आरोप

दियो पोस्ट  

काठमाडौं । कमोडिटी बजारको नाममा सर्वसाधरणलाई ठगी गरेको भन्दै पूर्व प्रधानसेनापति गडुल शम्शेर राणाकी छोरी तथा पूर्व रथी नेपाल भूषण चन्दकी श्रीमती हिमाली चन्द राणा विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

६ अर्बभन्दा बढी रकम ठगी गरेको भन्दै उनी विरुद्ध पक्राउ पूर्जि जारी भएको र जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दर्ता भएको समेत स्रोतले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय बबरमहलका अनुसार मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स)का अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिल श्रेष्ठलाई पक्राउ गरेपछि उनै श्रेष्ठको बयानका आधारमा राणालाई पक्राउ पूर्जी जारी भएको हो ।

उनी यतिबेला प्रहरीको फरार सुचीमा रहेकी छिन् । धितोपत्र ऐन विपरित कारोबार गरि सर्वसाधरणलाई ठगी गरेको भन्दै विभिन्न व्यक्तिले काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा श्रेष्ठलाई पक्राउ गरेपछि अन्य भिआइपीको परिवार विरुद्ध समेत पक्राउ पूर्जी भएको हो ।

धितोपत्र बोर्डले २०७४ मा एन जारी गर्नुअघि निर्वाध संचालनमा आएको यो कारोबारमा १३ सय जना भन्दा बढी जोडिएको पीडितको भनाई छ ।

वस्तु विनिमय बजार भनिने कमोडिटी बजार यसअघि नै विवादित बनेको थियो । व्यवस्थापिका संसदमा समेत यस विषयमा चर्चा भएको थियो ।

तत्कालिन व्यवस्थापिका संसदले विधयक नै पारित गरेपछि वस्तु विनिमय बजार सम्बन्धी नियमावली २०७४ जारी गरेको थियो । प्रहरीले लामो अनुसन्धानपछि ४ जनालाई पक्राउ गरेको छ भने १२ जना फरार रहेका छन् ।

 

सिफारिस