
काठमाडौं । सरकारी जग्गा हडप्ने अरुण चौधरीका माइला दाई बसन्त चौधरी विरुद्ध पनि उजुरी परेको छ । चौधरीले काठमाडौंको थापाथलीस्थित सरकारी जग्गा हडपेर सम्झौता विपरित संरचना बनाएको भन्दै काठमाडौं महानगरपालिका, प्रधानमन्त्री कार्यालय सहित विभिन्न निकायमा उजुरी परेको हो ।
चौधरीले नर्भिक अस्पताल संचालन गरेको क्षेत्रमा केही रोपनी सरकारी जग्गा हडपिएको छ । त्यही विषयमा विभिन्न निकायमा उजुरी परेको छ । तर, हालसम्म कतै कारबाही भएको छैन ।
सामान्यतया मन्त्रिपरिषद निर्णयको आधारमा मात्रै सरकारी जग्गा उपयोग गर्न पाइनेछ । तर, उनले भने एक जना कर्मचारीको सेटिङ्गमा सरकारी जग्गा हत्याएका थिए ।
नर्भिक इन्टरनेशनल हस्पिटल प्रा.लिले स्वास्थ्य उपचारका लागि सञ्चालन गर्ने भनेर नेपाल सरकार भूमिसुधार कार्यालयका लुम्ब प्रसाद शिवाकोटी प्रथम पक्ष र निर्भिक इन्टरनेशनल हस्पिटल प्रालिको तर्फबाट वरिष्ठ प्रवन्धक मोहन प्रसाद खनालबीच सम्झौता गरिएको थियो । कामनपा–११ थापाथली स्थित कित्ता नम्बर २०८५ को क्षेक्रफल १–८–१–१ मा बनेको भवनमा अहिले उपचार भनेर क्याफे सञ्चालनमा छ । जबकी भूमिसुधार अधिकारीलाई सरकारी जग्गा भाडामा दिने अधिकार नै कानुनले दिएको छैन ।
पछिल्लो समयमा बसन्त चौधरीले सेवाका लागि उपचार भन्दापनि मुनाफा कमाउने धेयले क्याफे सञ्चालन गरेका हुन् । बसन्त चौधरीले सेवाका नाममा सञ्चालन भएको क्याफ्टे्रिया क्याफे विरुद्ध मिति २०८०/१०/२१ गते प्राधान्मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा उजुरी परेको हो ।
प्रधान्मन्त्रीको निजी सचिवालयमा परेको उजुरीमा भनिएको छ । सम्झौता बमोजिम कार्य नगरी क्याफेटेरिया सञ्चालन गरेको हुँदा सम्झौता रद्द गर्ने भनिएको छ । उक्त निवेदनमा बसन्त चौधरीले गरेको सम्झौतालाई उलंघन गरेको हुँदा सम्झौता रद्द गरि जग्गा खाली गराउनका लागि पनि अनुरोध गरिएको छ ।