बादी समुदायको १२६ बालवालिकाको भविष्य बोकेर भौँतारिरहेका हिक्मत बादी

हिक्मतको हिम्मत

- ईश्वर विश्वकर्मा  

काठमाडौं : रातो टोपी, कालो हाफ ज्याकेट, भरखर जुँगाको रेखी बसेजस्तै देखिएका यी कटिला युवा हिक्मत वादी हुन् । जो सँग वादी समुदायका बालबालिकाको ठूलो भविष्य जोडिएको छ । बालबालिकाको भविष्यका साथ वादी समुदायका लागि जल, जमिन र जंगलको माग सँगै केन्द्रसरकारसँग अटुट नाता गाँस्ने अविराम यात्रामा हिँडेका छन् हिक्मत बादी । जो केहीदिन अघि काठमाडौं आएका थिए ।

नेपालको पश्चिमी भूभागमा अवस्थित कर्णाली प्रदेशमा पर्छ दैलेख जिल्ला । त्यही दैलेख जिल्लाका वादी समुदाय बालबालिकालाई पेट भरि खुवाउने दृढसंकल्पका साथ हिक्मत भोक र प्यास नभनी देश दौडाहमा हुन्छन् ।

दैलेख घर भएका उनले ‘वादी सरोकार मञ्च’ स्थापना गरेका छन् । यस मञ्चले पहिलो काम वादी समुदायको अधिकारका लागि लढ्छ । दोस्रो काम वादी बालबालिकालाई शिक्षित बनाएर, वादी समुदायको अधिकारमा अग्रपंतिमा उभिने दक्ष र सक्षम बनाउने काम गर्दछ ।

हिक्मतले सुर्खेतमा वादी बालबालिकालाई पढ्नका लागि ‘वादी सरकोकार मञ्च’ स्थापना गरेका छन् । ‘मेरो बुवाले म सानै छँदा, अर्को विवाह गरेर बस्नु भयो । आमाले आफ्नो जीवन दुःखका साथ बिताउनु भएको छ,’ केहीदिन अघि दियोपोस्टसँग हिक्मतले भने, ‘त्यस कारणपनि वादी बालबालिकालाई पढाउनु छ । ताकी मैले जस्तो दुःख भोग्नु नपरोस् । मेरा दिदीहरुले सानैमा विहे गरेर धेरै दुःख पाएका छन् । अरु वादी बालबालिकाले त्यसरी दुःख भोग्नु नपरोस ।’ उनले वादी समुदायका बालबालिकाका लागि निशुल्क अध्ययनको व्यवस्था गराएका छन् ।
८६ जनाबाट सुरु गरिएको यो पढनपाठन अहिले १२६ जना बालबालिका छन् । उनीहरुलाई १२ कक्षासम्म अध्ययन गराइन्छ । सुरुका दिनहरुमा धेरै दुःख कष्ट झेलेका हिक्मतले केहि दिन बालबालिकालाई खुवाउने खानेकुरासम्म थिएन । ‘२३ लाख ऋण लागेको थियो । फेन्सी, पुस्तक पसल समेत बेचेर बच्चालाई खाने व्यवस्था मिलाएको थिएँ । त्यस बेला सरोकार मञ्च भाडामा थियो अहिले आफ्नै भवन छ,’ उनले भने ।

 

पछिल्लो समयमा सहयोगी हातहरु आउन थालेपछि बालबालिकाले नयाँ जिवन पाएको उनको बुझाई छ । अहिले खान र बस्नको समस्या छैन् । ‘अमेरीकाबासीले केही सहयोग गरेका छन् । विगतका दिनमा बालबालिकाले छोडेका र भुईमा झारेका भातका सिता टिपेर खादै बसेको छु,’ गहभरि आँशु पार्दै हिक्मतले सुनाए,‘एकदिन त सर, विहान बच्चाहरुलाई खाना खुवाएर स्कुल पठाउनु पर्ने खाना खानदिने चामल थिएन् ६८ जना बालबालिका थिए । बल्ल तल्ल जुटाएर खान दिए तर हामीलाई त पुगेन ।’

हिक्मतलाई कर्णाली प्रदेशका वादी समुदायका बालबालिकालाई हामी गर्वका साथ वादी हौँ भन्ने बनाउनु छ । नेपाली समाजमा वादी शब्दलाई नराम्रो दृष्टिकोणले परिभाषित गर्ने गरिएको प्रति उनको दुखेसो छ । ‘जस्तै राजावादी, माओवादी, प्रजातन्त्रवादी, गणतन्त्रवादी, त्यसमापनि अदालतमा लाग्ने वादी प्रतिवादी सबैका पछाडी लाग्ने वादीशब्द सबैका लागि प्रियहुने तर मेरै समुदायका वादी समुदायको ‘वादी’ शब्दचाही नराम्रो । यो हुन सक्दैन म वादी हुँ भन्ने वातावरण सिर्जना गर्नुछ,’ हिक्मतको कथन छ ।

आफ्नै पारिवारीक विरासतबाट पीडित बनेका हिक्मत अबका बालबालिकाले मैले जस्तो पीडा भोग्नु नपरोस् भन्छन् । ‘अबका वादी समुदायका बालबालिकालाई खेल्दै, हास्दै, रुदै हुर्काउने मेरो ठूलो सपना छ आधाआधी पुरा भयो,’ उनले भने । ‘सर हामी त रुनपनि सिकाउछौं’ ।

वादी समुदायका हितका लागि भनेर यसअघि खोलिएका संघ संस्थामा स्वार्थ रहेको उनको बुझाई छ । ‘पहिले कतिपय संस्था स्वार्थले खोलिए र बन्द पनि भए मैले त, आफ्नो सबै थोक गुमाएको छु । यसलाई कमाउने भन्दापनि शिक्षित बनाएर जमाउने तिर लागेको छु । अब मेरो धन सम्पति भेनेकै तिनै वादी बालबालिका मात्र हुन्,’ उनी भन्छन् ।

 

एकदिन ‘हेर्ने कथा’ विद्य चापागाई सहितको समुह हिक्मतको कथा समेटिएपछि अहिले सहयोगी हातहरु बढेको उनको भनाई छ । ‘उहाँको योगदानलाई कदर गर्छू सायद मेरालागि भगवान नै बनेर आउनु भएको हो,’ हिक्मत भावुक बन्छन् ।

वादी सरोकार मञ्चका लागि अहिले विरेन्द्रनगरको नगर विकासले जग्गा उपलब्ध गराएको छ । प्रदेश सरकारले एउटा भवन बनाइदिएको छ । स्थानीय तहले ५० लाखसम्म सहयोग गरेको छ । अहिले तीन चारवटा भवन छन् । उनका अनुसार अमेरिका निवासी राजु कार्कीले प्रत्येक हप्ता २ पटक माछामासु र अण्डा खुवाउने पैसा पठाइदिएका छन् । त्यसै गरि विद्यालयमा लाग्ने खर्च, स्कूल ड्रेस, स्टेस्नरी देखि खानपानको लागि अमेरीका निवासी प्रकृती केसी र अरुण बास्कोटाले सहयोग गर्दे आउनु भएको र कतिपयले नाम गोप्य राखेर सहयोग गरिरहनु भएको छ ।

एकताका हिक्मतले कणाली प्रदेश सरकारसँग वादी समुदायको मुद्दाका विषयमा पाँचबुदे सम्झौता गरेको सम्झनामा गराउछन् । त्यसबेला निकै पीडादायी आन्दोलन गरियो ‘साय शालिन तवरको आन्दोलन त्यही होला । हामीले सरकारसँग ठूलो आश राखेका छैनौ । बस, हामीलाई सरकारले वर्षमा एकबोरा चामल हैन् ! चामल उब्जाउने जमिन चाहिएको छ’ । भनि माग राखेका थियौ तर सर, अहिलेसम्म प्रतिवेदनमात्र तयार भएको छ । ‘हाम्रा माग सम्बोधन हुने कहिले हो कहिले’ निरासामा छन् ।

हिक्मलते कणाली सरकारसँग फेरी भनेका छन् । ‘जमिन दिनुप¥यो सरकार, धानबाली लगाउने, वादी समुदायलाइ जमिनको अधिकारबाट सम्पनन बनाउने हिसाबले’ । हिक्मतको जुजारुपनलाई हेर्ने हो भने साच्चै बादीप्रति गरिएको व्यवहार अपराध नै हो । हिक्मत फेरी थप्छन् ‘जमिनको लडाई सँग सगै गर्वका साथ वादी हुँ भन्ने बनाउँनु छ । हामीलाइ जमिन देउ उब्जनी गछौं र राज्यलाई वादी समुदायले पनि कर तिरेका छन् भन्ने महसुस गराउछौं” भन्दै बादी लामो सार फेरेर केही छिन घोत्लीन्छन्….. ।

सिफारिस