काठमाडौं । राजधानी दैनिकका मालिक तथा प्रमुख कार्यकारी अधिकृत आशिस शेरचन प्रहरी नियन्त्रणमा आएका छन् ।
उनलाई काठमाडौंको थापाथलीस्थित ब्लुबर्ड मलको पहिलो तलामा रहेको साउदी नेपाल नामक कम्पनिबाट नियन्त्रणमा लिइएको हो । अदालतमा दायर भएको जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिन पुगेका प्रहरीलाई उनले पक्राउ पुर्जी नै नभएको भन्दै भाग्ने कोशिस गरिरहेका छन् । उनले विभिन्न शक्ति केन्द्र मार्फत दबाव दिएका छन् । उनलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिन प्रहरी खटाएका सिंहदरबार बृत्तका प्रमुख चक्र बहादुर शाही केहीबेरसम्म सम्पर्कमा थिए । तर, उनी समेत अहिले सम्पर्क विहिन बनेका छन् ।
शेरचन पक्राउ परेको खबर आइजीपीसम्म पुगेको स्रोत बताउँछ । तर, उनलाई सेटिङ्गमा छुटाउने चलखेल भइरहेको छ ।