कप्तान रोहित १६ रन बनाएर आउट

आइसिसी क्रिकेट विश्वकप लिग–२

दियो पोस्ट  

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ।नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो।

खेलमा नेपालले चार विकेट गुमाएको छ। नेपालका कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर आउट भएका छन्। आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले ४० बलमा २ चौका हाने ।

त्यतिबेला नेपालले २४.३ ओभरमा ४ विकेट गुमाउँदा ८७ रन जोडेको थियो। उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे।

त्यसअघि कुशल मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको थियो। अनिल साह ७ रन बनाएर आउट भए। उनी भिभियन किंग्माको बलमा बोल्ड भए। अनिल र कुशल आउट हुँदाको बेलमा नेपालले चार रन मात्र जोड्न सक्यो।

आजको खेल जारी सिरिजको अन्तिम खेल हो। पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ।

TATA ADD