चन्द्रकान्तको गीति एल्बम ‘देशको चिन्ता’ सार्वजनिक

न जाऊ भन्दा भन्दै परदेश धाइरहेछ। मलाई मेरै देश कै चिन्ताले खाइरहेछ ।

दियोपोस्ट संवाददाता  

काठमाडौं । चर्चित युवा ज्योतिष ज्योतिषाचार्य चन्द्रकान्त पौडेलको एकल शब्द स्वर संगीतमा देशको चिन्ता नामक गीति एल्बम सार्वजनिक भएको छ । बिगत १६ वर्ष देखि साँगीतिक क्षेत्रमा सकृय पौडेलको यो चौथो एल्बम हो । दुई दर्जन भन्दा बढी गीतमा स्वर संगीत दिएका पौडेलले यस अघि आफ्नै एकल स्वर संगीतमा “प्रसिद्धी ” श्रोताको अपेक्षा”परदेशी” नामक एल्बम सार्वजनिक गरिसकेका छन् ।

बहुमुखी प्रतिभाका धनी पौडेलले नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता प्रस्तोता एवं रेडियो नेपालमा संस्कृत समाचार सम्पादक प्रस्तोताका रूपमा पनि काम गरेका छन् । सानै देखि गुरुकुलमा पढेका पौडेलले ज्योतिष शास्त्रमा नै आचार्य यानि कि स्नातकोत्तर सम्म अध्ययन गरेका हुन् भने नेपाल भरिका संस्कृत गुरुकुलमा कथित बाहुनले मात्र पढ्ने एकल जातीय सिन्डिकेटलाई तोड्न भनि दलित जनजाति समुदायले पनि वेद पुराण पढ्न पाउनुपर्छ भनेर अभियान चलाएका पौडेललाई सार्वजनिक मुद्दा चलाएर प्रहरी हिरासतमा समेत राखिएको थियो।

देशको चिन्ता एल्बममा दुई ओटा गीत देशको चिन्ता र वीर गोर्खाली रहेका छन् र दुई ओटै गीतको भिडियो स्वयं पौडेलले नै निर्देशन गरेका छन् भने अजय रेग्मीको छायांकन अधिनायक मान शेरचनको सम्पादन रहेको छ । गीतको रेकर्डिङ मास्टरिङ तथा एरेन्ज कुमार थापाले गरेका हुन्। यो नयाँ गीतले युवाहरू वैदेशिक रोजगारमा पुगेका कारण देश विकसित हुन नसकेको सन्देश यो गीती एल्बमले दिएको छ।

दुई दर्जन भन्दा बढी गीतमा स्वर र संगीत दिएका पौडेलले यस अघि ‘प्रसिद्धि’, ‘परदेशी’ जस्ता एल्बम सार्वजनिक गरिसकेका छन्।