काठमाडौं । बिहान उठेर मनतातो पानी पिउनु स्वास्थ्यका लागि राम्रो अभ्यास हो । प्रायः मानिसहरू चिसो पानी पिउन रुचाउँछन् । केही मानिसहरू मात्र मनतातो पानी पिउने गर्छन् । शरीरमा पानीको कमी अर्थात डिहाइ्रेशनका कारण माइग्रेन, अपच, उच्च रक्तचाप, मृगौलामा पत्थरी, स्तन क्यान्सर, गर्भाशयको क्यान्सर, साइनसाइटिस तथा मोटोपन जस्ता समस्याहरु हुन सक्छ । तर बिहान खाली पेटमा तातो पानी पिउने हो भने यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दाँत माझ्नुअघि पानी पिउने व्यक्तिको मुखमा रहेको र्यालले पेटमा पुगेर हानिकारक ब्याक्टेरियालाई मार्न मद्दत गर्छ ।
खाली पेट नियमित मनतातो पानी पिउदा ९० प्रतिशत भन्दा बढी रोगहरुबाट बच्न सकिने डाक्टरहरुको भनाई छ । शरीरलाई आवश्यक पोषक तत्व भन्दा बढी पानी चाहिन्छ । जनस्वास्थ्यविद्का अनुसार मानिसले दैनिक ८ देखि १० गिलास पानी पिउनुपर्छ । यसले पाचन प्रणालीमा पनि सहयोग गर्छ । विशेष गरी, दिनको सुरुवात मनतातो पानीबाट गर्नाले धेरै स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ ।
उसो भए बिहान उठेर मानतातो पानी पिउदा हाम्रो शरीरलाई के कस्तो फाइदा पुग्छ ?
सबैभन्दा पहिले त पाचन प्रणाली स्वस्थ रहन्छ । दिनको सुरुवात मनतातो पानीबाट गर्दा शरीरमा एसिडिटिको समस्या हटाउछ । यसले पचान प्रणालीलाई पनि सुधार गर्छ । यस्तै कब्जियत र अन्य पाचन समस्याहरूबाट राहत दिन्छ ।
तौल घट्छः दैनिक खाली पेट मनतातो पानी पिउँदा शरीरको फ्याटलाई पग्लिन्छ र शरीरको तौल घटाउछ । विशेषगरी, बिहान उठेर मनतातो पानी पिउँदा शरीरको तापक्रम बढ्छ र यसले कम समयमै बढी क्यालोरी खर्च गर्न मद्दत गर्दछ ।
रक्त प्रणालीमा सुधारः मनतातो पानीको सेवनले रक्त प्रसारणलाई सुधार्छ, जसले शरीरको प्रत्येक अंगमा पर्याप्त अक्सिजन र पोषक तत्वहरू पुर्याउँछ ।
छालामा चमक ल्याउँछः बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउदा छालामा चमक आउँछ । अनुहारको दाग, डण्डीफोर तथा चाँयासम्बन्धी समस्याबाट छुटकारा मिल्छ ।
मानसिक स्वास्थ्यमा सुधारः मनतातो पानी पिउनाले मानसिक थकानलाई कम गर्न मद्दत गर्दछ । यसले रक्त प्रवाहमा सुधार ल्याउने र मस्तिष्कलाई प्रेस बनाउने कार्य गर्दछ । बिहानको समयमा मनतातो पानी पिउँदा दिमागलाई सक्रिय राख्न मद्दत पुर्याउँछ ।
टाउको दुखाइबाट राहतः टाउको दुख्ने समस्या छ भने हरेक बिहान खाली पेटमा मनतातो पानी पिउने गर्नुपर्छ । शरीरमा पर्याप्त मात्रामा पानी नहुँदा टाउको दुख्ने गर्छ । दिनको सुरुवात मनतातो पानीबाट गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।
यस्तै श्वासको दुर्गन्ध ,ब्याक्टेरियाको सक्रमणबाट जोगाउने र कोलोन सफा गर्ने जस्ता काम गर्दछ । यदि हामी दिनको सुरुवात मनतातो पानीबाट गर्न थाल्छौं भने, हामी एक स्वस्थ र सक्रिय जीवन शैलीको दिशा तर्फ अघि बढ्न थाल्छौं । स्वस्थ र सन्तुष्ट रहनका लागि हाइड्रेटेड रहनु अर्थात पानी पिउनु अनिवार्य छ ।