थाइल्याण्डमा नेपाली खेलाडीले जिते चार वटा स्वर्ण पदक

दियोपोस्ट संवाददाता  

काठमाडौं । अन्तर्राष्ट्रिय मार्सल आट्र्स संघ (आइएमए) नेपालले थाइल्यान्ड कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुले पदक हात पारेका छन् ।

थाइल्याण्डको बैङककस्थित आरबिएसी स्पोर्टस कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाली टोलीले समान चार स्वर्ण र रजत तथा एक कांस्य पदक जितेको हो ।

धादिङका गौतम ठकुरीले भेट्रान ७७ केजीमुनि (३९ वर्षमाथि) मा स्वर्ण पदक जितेका हुन् । श्रवण लामाले कुमुते एकल काता ६५ केजीमाथि (२४ वर्ष) स्वर्णपदक जितेका छन् । माइकल तामाङले ४५ केजीमाथि (१६ वर्ष) उमेर समूहमा स्वर्ण पदक जितेका छन् । श्रवण लामाले एकल काता र कुमुतेमा स्वर्ण पदक जितेका छन् ।

यसैगरी लक्ष्मण श्रेष्ठले ७५ केजी (२२ वर्ष), एरोन लामाले ५० केजीमाथि (२१) वर्ष उमेर समूहमा रजत पदक जिते । यस्तै टिम कातामा पनि नेपाली टोलीले रजत पदक हात पार्यो ।

अभिषेक कार्कीले ५० केजीमाथि (१७ वर्ष) उमेर समूहमा कांस्य पदक जिते ।

धादिङका ठकुरी प्रशिक्षकको पनि जिम्मेवारीमा थिए । यता व्यवस्थापकमा भीमप्रसाद नेपाल रहँदा रेफ्रीको भूमिकामा पूर्णबहादुर थापा निर्वाह गरेका थिए ।
यो प्रतियोगीतामा टिमको रुपमा पहिलो टिम च्याम्पियन उज्वेग्स्थान, दोस्रो श्रीलंका र तेस्रो नेपाल रहेको प्रतियोगितामा स्वर्ण विजेता गौतम ठकुरीले बताए ।