काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र वास्तोला पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीसहित नेकपा बहुमत काभ्रे सेक्रेटरी विष्णु तिमिल्सिना पनि पक्राउ परेका छन् । यो समुहले भोली निर्वाचन वहिस्कारको नाममा नेपाल बन्दको घोषणा गरेको थियो ।