पोखरा महानगरमा बेथिति : नगरप्रहरी बलको प्रमुख थापा नै ‘अबैध’, तलब समेत बेरुजु

दियोपोस्ट संवाददाता

काठमाडौं । पोखरा महानगरपालिकाले दरबन्दी नै नभएको पदमा व्यक्तिको अवैध नियुक्ती गरेको पाइएको छ ।
नगरप्रहरी बलको प्रमुख पदमा दरबन्दी नै नभएपनि एक व्यक्तिलाई अवैध नियुक्ती गरेर तलबभत्ता दिँदै आएको पाइएको हो । महालेखा परिक्षकले नगरप्रहरी निरिक्षकले पाउँदै आएको तलब समेत बेरुजु कायम गरेको छ ।

२०८१ मंसिर २८ गते नगरप्रमुख मेयर धनराज आचार्यको नेतृत्वमा बसेको नगरसभाको विशेष बैठकबाट स्थायी र करारको दरबन्दी स्विकृत गर्ने निर्णय गरेको थियो । जसमा नगरप्रहरी बलको सब ईन्सपेक्टरमा ४ जनाको दरबन्दी कायम भएको छ भने नगरप्रहरीको सिपाहीको पदमा १० जनाको दरबन्दी छ । तर, दरबन्दी नै स्विकृत नभएको नगरप्रहरी प्रमुख ईन्सपेक्टरको पदमा पुरुषोत्तम थापा नाम गरेको व्यक्तिलाई नियुक्ती गरेर महानगरपालिकाले आर्थिक अपचलन गर्दै आएको पाइएको छ ।

म्हालेखा परिक्षकको कार्यालयले महानगरप्रहरी बल प्रमुख थापाले वार्षिक पाउँदै आएको ५ लाख ९१ हजार ९ सय ५७ रुपैयाँ बेरुजु देखिएको छ । उनीसहित १ सय १० जना कर्मचारीले बुझेको ५ करोड १६ लाख २३ हजार ३ सय ६६ रुपैयाँ अनियमितता भएको महालेखा परिक्षकको कार्यालयको ठहर छ ।

स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ८३ (८) मा स्थानिय तहले नगरप्रहरी सवारी चालक सयश कार्यलय सहयोगी र प्लम्बर ईलेक्ट्रीसियन चौकिदार र माली बगैँचे लगायतलाई मात्रै करार सेवाबाट सेवा लिन सकिने व्यवस्था भएपनि महानगरपालिकाले गैरकानुनी रुपमा थापालाई नियुक्ती गरेको हो ।

तत्कालिन मेयर मानबहादुर जिसीले नगरपालिकाको ४३ औँ बैठकबाट नगरप्रहरी प्रमुखमा डिएसपीको दरबन्दी स्विकृत गराएका थिए । डिएसपीले सानौँ वा आठौँ तहको कर्मचारी सरह तलब भत्ता पाउने समेत दरबन्दी प्रस्तावमा उल्लेख थियो । त्यस्तै ईन्सपेक्टरको एक जनाको मात्रै दरबन्दी स्विकृत गराएका थिए । मेयर धनराज आचार्यले नगरप्रहरी बलको प्रमुखमा डिएसपीको दरबन्दी समेत कटौती गरेर ईन्सपेक्टरको दरबन्दी समेत शुन्य बनाएका थिए । तर, दरबन्दी नै नभएको पदमा थापालाई नियुक्ती गरेर महानगरबाट गैरकानुनी रुपमा तलब भत्ता दिइँदै आएको छ ।

दियोपोस्टको सम्पर्कमा आएको महानगरस्रोतका अनुसार थापाले आफ्नो गैरकानुनी पदमा नियुक्ती गराउन र बढुवा गराउन ८ लाख रुपैयाँ खर्च गरेको आरोप छ ।
दरबन्दी बिना नै भर्ति भएका थापाले महानगरबाट सातौँ तहको नेपाल सरकारको कर्मचारीले पाउने सरह तलबभत्ता बुझ्दै आएका छन् । उनको नियुक्तीबारे प्रतिक्रियाका लागि थापाको मोबाइलमा पटक पटक सम्पर्क गर्दा उनले फोन गर्दा उनले फोन उठाएन ।

 

सम्बन्धित खबर

सिफारिस