निर्वाचन भाँड्न दुर्गा प्रसाइँ, आरजु राणा र पुर्ण बहादुर खड्काको ‘गोप्य डिल’ (तस्विर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाकी धर्मपत्नि तथा नेपाली कांग्रेस पूर्व केन्द्रिय सदस्य आरजु राणा देउवा र दुर्गा प्रसाइँबीच भेट भएको तस्विर फेला परेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन भाँड्नका लागि राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक बताउने विवादास्पद व्यक्ति दुर्गा प्रसाइँसँग राणाले गोप्य भेट गरेको पाइएको हो । उनीहरु दुईबीचको भेटको चाँजोपाँजो भने नेपाली कांग्रेसभा पूर्व कार्यावाहक सभापति पूर्ण बहादुर खड्काले मिलाएको खुलेको छ ।

गत माघ ८ अर्थात २२ जनवरीमा खड्कालाई भेट्न प्रसाइँ खड्काकै निवास पुगेका थिए । त्यसको चार दिनपछि दुर्गाप्रसाइँ र आरजु राणाको भेटको मिति तय भएको स्रोतले दियोपोस्टलाई जानकारी दियो । ८ माघमा खड्काको तर्फ चार तारे नेपाली कांग्रेसको झण्डा राखिएका थियो भने प्रसाइँ तर्फ नेपालको झण्डा राखिएको थियो ।

८ माघमा भएको भेटमा प्रसाइँ पहेँलो कलरको मोजा देखिने गरि लगाएर पुगेको तस्विरमा देख्न सकिन्छ । २६ जनवरी अर्थात माघ १२ गते पुन खड्काकै निवासमा आरजु राणा र प्रसाइँबीच भेटवार्ता भएको थियो ।

भेटघाटको दिन प्रसाइँको पछाडी राष्ट्रिय झण्डा राखिएको छ भने आरजु रातो रंगको कपडासहित त्यहाँ पुगेकी छिन् । आरजुको दायाँ तर्फ पुर्ण बहादुर खड्का बसेका छन् ।

स्रोतका अनुसार खड्का, राणा र प्रसाइँबीच आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन भाँड्नका लागि मौखिक सल्लाह भएको थियो । प्रसाइँले निर्वाचन बहिस्कारका लागि घोषित कार्यक्रम नै गरेको र सो कार्यका लागि नेपाली कांग्रेसको तर्फबाट खड्का र राणा समुहले सहकार्यको प्रस्ताव गरेको थियो ।

नेपाली कांग्रेस भित्रको आन्तरिक संघर्षमा प्रसाइँले सहयोग गरेकोमा आरजु र पूर्वकार्यावाहक उपसभापति खड्काले प्रसाइँको प्रशंसा गरेको भेटमा सहभागी उच्च स्रोतले दियोपोस्टलाई बतायो । स्मरणिय छ गत माघ ३ गते शनिबार दुर्गा प्रसाइँले पत्रकार सम्मेलन गरेर गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँ घुस बुझाएको दाबी गरेका थिए । उनले दाबीमा प्रमाण भन्दै मोबाइल मार्फत भिडियो समेत देखाएका थिए । २२ सेकेण्ड लामो भिडियो सहित पैसाको नोट देखाएर लेनदेन भएको दाबी गरेपनि स्पष्ट प्रमाण भने हालसम्म सार्वजनिक भएको छैन । सोही अभिव्यक्तिका कारण उनलाई नेपाल प्रहरीले पक्राउ समेत गरेको थियो ।

मेरो भेटघाट भएको छैन, नचाहिने कसले तपाइँलाई नचाहिने कुरा गर्यो : पुर्ण बहादुर खड्का

नेपाली कांग्रेसका पूर्व कार्यावाहक सभापति पुर्ण बहादुर खड्काले भने आफ्नो दुर्गा प्रसाँइसँग भेट नै नभएको बताए । ‘मेरो भेट भएकै छैन । तपाइँलाई कसले नचाहिने कुरा गर्यो । म अहिले मिटिङमा छु । पछि कुरा गरौँला,’ उनले दियोपोस्टसँग भने ।

हिरासतबाट तस्विर हटाउन प्रसाइँको दबाव

निर्वाचन विथोल्ने गतिविधि गरेको भन्दै हाल प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाइँले भेटघाटको तस्विर डिलिट गराउन निकै मेहनत गरिरहेको स्रोतले बताएको छ । उनले आफ्ना छोराको मोबाइलबाट समेत फोन गरेर दबाव दिएको खुलेको छ ।

 

सिफारिस