नियतबस् ऋण नतिरेको अभियोगमा कालो सूचीमा परेका थिए धमला, भएको थियो राहदानी जफत !

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका रमेश प्रसाद धमलालाई नियतबस ऋण नतिरेको भन्दै कालोसूचिमा राखेको पाइएको छ । उनको राहदानी समेत जफत भएको कागजात फेला परेको छ ।

साविक काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित होटल सेन्टर प्वाइन्टले नेपाल बैंकको ऋण नतिरेको भन्दै धमलालाई कालोसूचिमा राखिएको र राहदानी समेत रोक्का भएको पाइएको छ । तत्कालिन सरकारले मन्त्रिपरिषदबाट निर्णय गरि कालोसूचिबाट हटाएको र राहदानी रोक्का फुकुवाका लागि धमलाका भाई राकेश धमलाले निवेदन दिएपछि फुकुवा भएको कागजात समेत फेला परेको हो ।

तत्कालिन होटल सेन्टर प्वाइन्टका सञ्चालकहरु बलबहादुर पुन, रमेश प्रसाद धमला, कृष्णा पुन, धनकुमारी पुन र नरेश पुनले
नेपाल बैंकबाट लिएको ऋण नियतबस नतिरेको राष्ट्र बैंकबाट प्राप्त कागजातमा देखिन्छ । २०६७ वैशाख ६ गते मन्त्रिस्तरको निर्णयबाट धमलासहित ५ व्यक्तिलाई कालोसूचिबाट फुकुवागरिएको छ ।

‘बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिई नियतबस ऋण नतिर्ने ऋणीहरु एपर नेपाल सरकारद्वारा २०६५।१०।२९ गते गरिएको कारबाहीमा परेका नेपाल बैंक लिमिटेडका ऋणी कम्पनि होटल सेन्टर प्वाइन्ट प्रा.ली र उक्त कम्पनीसँग सम्बन्धित देहायका उल्लेखित ऋणी उपर गरिएको कारबाही नेपाल सरकार (मा.मन्त्रिस्तर) को मिति २०६७।०१।०३ को निर्णय अनुसार फुकुवा भएको व्यहोरा जानकारी एवं आवश्यक कार्यर्थ अनुरोध गरिएको छ,’ पत्रमा भनिएको छ ।

पत्रमा धमलाको नाम २ नम्बरमा छ । तत्कालिन राष्ट्र बैंकका निर्देशकले सम्पूर्ण बैंकहरुमा मन्त्रिस्तरको निर्णयको आधारमा सर्कलर गरेका थिए ।
त्यस्तै अख्तियार दुरुपयोय अनुसन्धान आयोगको पत्रको आधारमा धमलाको राहदानी समेत रोक्का भएको पाइएको छ । राहदानी फुकुवाका लागि धमलाका भाई राकेश धमलाले अदालतमा मुद्दा समेत हालेको पाइएको छ ।

होटल सेन्टर प्वाइन्टले नेपाल बैंकबाट लिएको ऋण तथा कर्जा नतिरेपछि सञ्चालकहरु पुनसहित सम्पूर्णको राहदानी जफतको कारबाही भएको अदालतमा राकेशले हालेको निवेदनमा उल्लेख छ । राहदानी जफतको कारबाही फुकुवाका लागि तत्कालिन सरकारले धमलालाई २०६६ वैशाख ३ गते राष्ट्र बैंकलाई समेत पत्राचार गरेको देखिन्छ ।

जसका विरुद्ध राकेशले सर्वोच्च अदालतमा रिट समेत हालेका थिए । न्यायधीश खिलराज रेग्मी र न्यायाधीश कृष्ण प्रसाद उपाध्यायको ईजलाशले २०६७ वैशाख ९ गते रिट खारेज गरिदिएको थियो ।

 

सिफारिस