कुन्दुज (अफगानिस्तान), १६ फागुन । अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज सहरमा तालिवान आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी शनिबार राति अफगान सैनिकद्धारा गरिएको हवाई आक्रमणमा कम्तीमा १० आतङ्ककारी मारिएका छन् ।
अफगानिस्तानको राजधानी काबुलबाट २५० किलोमिटर पर रहेको सो स्थानमा उक्त आक्रमण भएको प्रान्तीय प्रहरी प्रमुख मोहमद क्वासिम बाघले आइतबार जनाएका छन् ।
यस हवाई आक्रमणको कुनै सर्वसाधारणको भने ज्यान नगएको बताइएको छ । तालिवान आतङ्ककारी समूहले यस आक्रमणको विषयमा टिप्पणी गरेका छैनन् । रासस÷एपी