चीनमा पानीजहाज दुर्घटनामा दश माझी बेपत्ता

दियो पोस्ट

 

ship in chaina

क्वीनदाओ (चीन), १५ फागुन । चीनको ‘एलो सी’मा शनिबार बिहान भएको पानीजहाज दुर्घटना हुँदा जहाजमा यात्रारत १० जना समुद्रमा हराइरहेको स्थानीय प्रशासनले जनाएको छ ।

व्यापारिक प्रयोजनका लागि सामान लिन हिँडेको उक्त जहाज स्थानीय माझीको माछा मार्न प्रयोग गरिने डुङ्गासँग पूर्वी चीनको सानदोङ प्रान्तको चाओलिन टापु नजिकै ठक्कर खाएपछि डुङ्गामा सवार सबैजना पानीमा डुबेको क्विनदाओ प्रशासनले जनाएको छ ।

समुद्रमा हराइरहेका माझीहरुको खोजीका लागि उद्धार टोली घटनास्थल पुगी खोजी कार्य सुरु गरिसकेको छ । घटनाबारे छानबिन पनि सुरु भइसकेको छ ।

सम्बन्धित खबर