सुरक्षा कारबाहीमा १७ तालिवान विद्रोहीको मृत्यु

सुरक्षा कारबाहीमा १७ तालिवान विद्रोहीको मृत्यु

taliwani

काबुल, १५ फागुन । अफगानिस्तानमा शनिबार भएको सुरक्षा कारबाहीमा विभिन्न भागमा कम्तीमा पनि १७ जना संदिग्ध तालिवान लडाकूको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयले दिएको जानकारीअनुसार अफगानिस्तानका उत्तरी प्रान्तहरु जुवाजिन र बादक्सानमा सो कारबाही गरिएको हो । प्राप्त जानकारीअनुसार ती स्थानमा अफगानिस्तानको संयुक्त सुरक्षा फौजले कारबाही जारी राखेको छ ।

साथै मन्त्रालयले पाँचजना विद्रोही लडाकू घाइते भएको पनि जारी वक्तव्यमा जनाएको छ ।

संयुक्त सुरक्षा बल (एएनएसएफ) ले तालिवानविरुद्ध सञ्चालन गरेको सुरक्षा अभियानका क्रममा आधुनिक हतियारमा प्रयोग गरिने भारी मात्रामा गोली बरामद गरिएको रक्षामन्त्री मोहमद मासुमले बताउनुभयो ।

विज्ञप्तिमा सुरक्षा कारबाहीका क्रममा पाँच जना सैनिक पनि गम्भीर रुपमा घाइत भएको पनि मन्त्रालयले जनाएको छ । तर यसबारे तालिवान विद्रोहीबाट भने कुन भनाइ आइसकेको छैन ।

उता अफगानिस्तानकै उत्तरी एक प्रान्तमा तालिवानका वर्तमान प्रमुख मुल्लाह र उनका विरोधी तालिवान लडाकूहरुका बीचको झडपमा परी कैयौंको ज्यान गएको बताइएको छ ।

Trending News