ग्राहक ठग्ने वर्ल्डलिंकको दियोपोष्टलाई धम्कीः ‘समाचार नहटाए मुद्दा हाल्छु’

Diyo post  

काठमाडौं, माघ २३ । दुरसञ्चार सेवा प्रदायक ईन्टरनेट कम्पनी वर्ल्डलिंक
कम्युनिकेशन  प्रालिले दियोपोष्टमा प्रकाशित समाचार हटाउन दबाब दिएको छ ।

यसअघि दियोपोष्टमा प्रकाशित (ग्राहकमाथि वर्ल्डलिंकको  यस्तो ‘ठगीधन्दा’ : २० एमबिपिएसको पैसा लिएर १० एमबिपिएस स्पिड ! ) शिर्षकको समाचारलाई लिएर कम्पनीले प्रकाशित समाचार हटाउन दबाब दिएको हो । प्रकाशित समाचारको विषयमा चित्त नबुझे खण्डन गर्न पाउने र खण्डन नछापिए अरु कानुनी बाटो रोज्नुपर्नेमा कम्पनीले ०१–४२१७१०० नं. बाट फोन गरेर दियोपोष्टलाई समाचार नहटाए मुद्दा हाल्ने धम्की दिएको हो ।

वर्ल्डलिंकका संचालक प्रकाशित समाचार हटाउन विभिन्न शक्तिकेन्द्रको सहारा लिन समेत पुगेका खुल्न आएको छ । शक्तिकेन्द्र धाउदा समेत प्रकाशित समाचार दियोपोष्टले नहटाएपछि वर्ल्डलिंकले मुद्दा हाल्ने चेतावनी दिएको हो ।

वर्ल्डलिंकको यो रबैया प्रेस स्वतन्त्रता विरोधी भएको विश्लेषकहरुले बताएका छन् । प्रकाशित समाचारमा चित्त नबुझे त्यही मिडियामार्फत खण्डन छाप्नुपर्ने र छाप्न पाउने कानुनी प्रावधान छ ।

सेवाग्राहीलाई सेवाको नाममा ठगी गरेको भनेर माघ १९ गते दियोपोष्टमा समाचार प्रकाशित भएको थियो । त्यसको भोलिपल्ट माघ २० गते सेवाग्राही या भनौँ प्रयोगकर्ताकै प्रतिक्रिया र आक्रोश समावेश गरी अर्को सामग्री दियोपोष्टले सार्वजनिक गरेको थियो ।

याे पनि पढ्नुहाेस

ग्राहकमाथि वर्ल्डलिंकको यस्तो ‘ठगीधन्दा’ : २० एमबिपिएसको पैसा लिएर १० एमबिपिएस स्पिड !

ईन्टरनेटमा वर्ल्डलिंकको कालाेबजारी : ग्राहक भन्छन्, ‘ठग कम्पनी, पैसा लिन्छ सेवा दिँदैन’

सम्बन्धित खबर