कमलपोखरी कब्जा गरेर १५ तले महल बनाउने भूमाफियाको पत्रकार सम्मेलनमा तनाव (फोटो/भिडियो)

दियोपोस्ट संवाददाता


काठमाडौं, ७ फागुन । कमलपोखरीको राजगुठी अन्तर्गत रहेको १२ रोपनी १३ आना जग्गा कब्जा गरेर बनाइएको छायाँदेवी कम्प्लेक्सले आयोजना गरेको पत्रकार सम्मेलनमा तनाव भएको छ ।


ठमेलस्थित कम्प्लेक्समै मंगलबार आयोजित पत्रकार सम्मेलनमा सम्पदा बचाउ अभियानका विभिन्न व्यक्तिहरुले विरोध गरेका हुन् ।


पत्रकारसम्मेलन आयोजना गरेका छायाँदेवि कम्प्लेक्सका मालिक सुमन पाण्डे र महेश्वर श्रेष्ठले मन्तव्यकै क्रममा उनीहरुले विरोध गरेका थिए । उनीहरुले पत्रकार सम्मेलनमा धारणा राखेपछि स्थानियले चर्को विरोध गरेका थिए ।

यो पनि पढ्नुहोस्

यी हुन् कमलपोखरीको १२ रोपनी जग्गा कब्जा गरेर १५ तले छायाँ सेन्टर बनाउने ४३ जना भू–माफिया


स्थानियका तर्फबाट भागवत नर्सिङ प्रधानले कार्यक्रममा चर्को श्वरमा आलोचना गरेका थिए ।
‘राजगुठीको जग्गा हो । यो नीजि गुठी होइन,’ स्वतन्त्र सम्पदा प्रेमी समुहको तर्फबाट प्रधानले प्रमाण देखाउँदै भने,‘यो सांस्कृतिक सहर हो । उपत्यकालाई कसरी विकास गर्ने ? कम्प्लेक्स र भवनले विकास हुँदैन ।’


भिडियो हेर्नुहोस्