प्रत्यक्षदर्शी भन्छन्,‘हेलिकोप्टर टुक्राटुक्रा भएको छ, एक जनाको डढेको शरीर देखिएको छ’

प्रत्यक्षदर्शी भन्छन्,‘हेलिकोप्टर टुक्राटुक्रा भएको छ, एक जनाको डढेको शरीर देखिएको छ’

काठमाडौं, १५ फागुन । काठमाडौंबाट पाथिभरा दर्शनका लागि गएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ६ जना सवार हेलिकोप्टर दुर्घटना भएको छ ।


ताप्लेजुङको चुच्चेढुङगा नजिकै ठूलो भिरमा हेलिकोप्टर दुर्घटना भएको जनाइएको छ । स्थानिय बासी स्थानिय भूपेन्द्र गुरुङका अनुसार हेलिकोप्टर टुक्रा टुक्रा भएको छ । उनका अनुसार आगोको मुस्लो निस्केको छ । एक जनाको डढेको शरीर देखिएको । प्रहरीलाई घेरा हालेर राखिएको जनाइएको छ ।


घटनास्थलमा उद्दारका लागि सिम्रिक एअरको हेलिकोप्टर भेडेटार तर्फ उडेको छ । हेलिकोप्टरमा यति एयरका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल सहित ५ जना सवार थिए । पाइलट प्रभाकर जिसीले हेलिकोप्टर उडाएको जनाइएको छ ।

Trending News