हेलिकोप्टर दुर्घटनामा आङ छिरिङ शेर्पाको निधन भएपछि यति र तारा एयरको सबै उडान रद्द

हेलिकोप्टर दुर्घटनामा आङ छिरिङ शेर्पाको निधन भएपछि यति र तारा एयरको सबै उडान रद्द

काठमाडौं, १६ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा यति र तारा एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधन भएपछि कम्पनीले सबै उडान स्थगित गरेको छ ।


यति एयरलाइन्स र तारा एयरलाइन्सले सुचना जारी गर्दै भोली मार्च १ गतेको सबै उडान रद्द गरेको हो ।
उनको सम्झनामा भोली एक दिन श्रद्धाञ्जली दिइने जनाइएको छ ।
ताप्लेजुङमा शुक्रबार एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको निधन भएको थियो ।

Trending News