भाटभटेनीका मालिक मिनबहादुर गुरुङका २ छोरा, छोरीसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा !

दियो पोस्ट  

काठमाडौं, २३ माघ । भाटभटेनी सुपरमार्केट काठमाडौंमा मात्रै होइन काठमाडौं बाहिरका शहरहरुमा पनि चर्चित नाम हो । भाटभटेनी सुपरमार्केटका मालिक हुन् – मिन बाहादुर गुरुङ । बालुवाटार स्थित ललिता निवासको २ सय ९९ रोपनी सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गराउने प्रमुख अभियुक्त हुन् गुरुङ । उनलाई हिजो मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० करोड विगो सहित १३ वर्ष जेल सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


ललिता निवास स्थित सरकारी जग्गामै गुरुङले भाटभटेनी सुपरमार्केटको स्टोर र काठमाडु स्टिलको अफिस चलाउँदै आएका छन् ।


बालुवाटार जग्गाकाण्डका प्रमुख अभियुक्त तथा भूमाफिया डा. शोभाकान्त ढकाल र राम कुमार सुवेदीसँगको मिलेमतोमा गुरुङले सरकारी जग्गा दलालीको धन्दा नै चलाए । उनले बेचविखन गरेका सयौँ लिखत अब कानुनी रुपमै अवैध हुने पक्का पक्कि भएको छ ।


गुरुङ विरुद्ध अख्तियारले जग्गा धनीको रुपमा ११ करोड र सरकारी जग्गा कमिशनको रुपमा बकसको रुपमा लिएकोमा ३९ करोड दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गुरुङको परिवार नै बालुवाटार जग्गा हिनामिनामा मुछिएको छ । उनको जेठा छोरा पहल गुरुङ, कल्याण गुरुङ, सरला गुरुङ र छोरी कामना गुरुङ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


भ्रष्टाचार अभियोगमा मुद्दा लागेका गुरुङका भाई पहल मान गुरुङ भाटभटेनी सुपर मार्केटकै बिजनेस तर्फका कार्यकारी निर्देशक हुन् । त्यस्तै अर्का पुत्र कल्याण गुरुङ सप्लाई चेन तर्फका कार्यकारी निर्देशक हुन् । पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङकी बुहारी समेत रहेकी कामना गुरुङलाई पनि भ्रष्टाचार मुद्दा लागेको छ । केही वर्षअघि मिनबहादुरले आफ्नी छोरी छत्रमानका छोरासँग भव्य विवाहा गरिदिएका थिए ।


बालुवाटारको सरकारी जग्गा मध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा थियो । पूर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले शोभाकान्त ढकाल, मिन रामकुमार सुवेदी भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई भूमाफिया भनेरै किटान गरिएको थियो । उनीहरुकै परिवारको नाममा २५ रोपनीभन्दा बढी जग्गा देखिएको थियो । गुरुङले आफ्नो परिवार र कम्पनिको नाममा समेत जग्गा लिएका थिए ।

मिन बहादुरकै परिवारको सदस्य सरला गुरुङ, शोकान्त ढकालकी पत्नि उमा कुमारी ढकाल्नी र अर्का भूमाफिया राम कुमार सुवेदीकी पत्नि माधवी सुवेदीको नाममा तीन कित्ता जग्गा छ ।


यता मिन बहादुर गुरुङकै नाममा ३ कित्ता जग्गा छ । २ सय ४२.४३ वर्गमिटरको यो जग्गा करिब आठ आना हुन आउँछ । सरकारी जग्गा कब्जा भएकोमध्ये करिब साढे ५२ आना जग्गा कल्याण गुरुङको नाममा छ । कल्याण मिन बहादुरकै कान्छा छोरा हुन् । बालुवाटारमा रहेको गैर आवाशिय नेपाली संघको भवन रहेको जग्गा पनि गुरुङ सहितका भूमाफियाले बेचेका थिए ।

मालपोत कार्यालयको तत्कालिन लेखन्दास राम कुमार सुवेदी र डा. शोभाकान्त ढकालसँगको मिलमतोमा गुरुङले जग्गा दलालीको धन्दा नै चलाएका थिए ।

उच्च राजनीतिक नेतृत्वसँग निकट सम्बन्ध बनाएका गुरुङलाई सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत पक्राउ गर्ने तयारी थालेको थियो । तर, बुधबार अख्तियारले मुद्दा नै दायर गरेपछि केही समय रोकिएको छ ।

मीनबहादुरले भाटभटेनी डेभलपमेन्ट प्रालिका नाममा ३ रोपनी ९ आनाको १० कित्ता जग्गा राखेका छन् । सरलाको नाममा ४ रोपनी १४ आना छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको २ सय ९९ रोपनी जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारसहित एक सय ७५ जना व्यक्ति विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो ।

सिफारिस