बालुवाटारको सरकारी जग्गामा भाटभटेनी सुपरमार्केटको ‘स्टोर’ र काठमान्डु स्टिलको अवैध अड्डा

दियो पोस्ट  

काठमाडौं, २७ माघ । भाटभटेनी सुपरमार्केटका मालिक मिन बाहादुर गुरुङ मात्रै होइन उनको परिवार नै बालुवाटार स्थित ललिता निवासको २ सय ९९ रोपनी जग्गा घोटालामा अभियुक्त छन् । उनीहरु विरुद्ध अख्तियार दुरुपयो अनुसन्धान आयोगले केही दिन अघि मात्रै विशेष अदालतमा ५० करोड रुपैयाँ विगो सहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भ्रष्टाचारका अभियुक्त तथा विवादित व्यापारी मिन बहादुरले बालुवाटार स्थित बहुचर्चित ललिता निवासको सरकारी जग्गा भित्रै भाटभटेनी सुपरमार्केटको स्टोर मात्रै हैन काठमाडौं स्टीलको अवैध धन्दा चलाइरहेका छन् ।

५० करोेड विगो मात्रै होइन १३ वर्ष जेल सजाय समेत माग गर्दै अख्तियारले मुद्दा दायर गरेका उनले सञ्चालन गरेको भाटभटेनी सुपरमार्केटको मुख्य स्टोर नै सरकारी जग्गामा छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर मात्रै गरेको छैन मिन बहादुरको परिवारले सरकारी जग्गा हडपेर अवैध रुपमा सञ्चालन गरिरहेको भाटभटेनी स्टोरसहितको सरकारी जग्गा जफत गर्न समेत सिफारिस गरिसकेको छ । यद्धपी मिन बहादुरको परिवारले भने त्यसको कुनै प्रवाहा नगरी विवादित सरकारी जग्गामै अवैध रुपमा स्टोर स्टिलको अफिस चलाउँदै आएका छन् ।

बालुवाटार जग्गाकाण्डका प्रमुख अभियुक्त तथा भूमाफिया डा. शोभाकान्त ढकाल र राम कुमार सुवेदीसँगको मिलेमतोमा गुरुङले सरकारी जग्गा दलालीको धन्दा नै चलाएका थिए । उनले बेचविखन गरेका सयौँ लिखत अब कानुनी रुपमै अवैध हुने पक्का पक्कि भएको छ ।

गुरुङ विरुद्ध अख्तियारले जग्गा धनीको रुपमा ११ करोड र सरकारी जग्गा कमिशनको रुपमा बकस लिएकोमा ३९ करोड दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गुरुङको परिवार नै बालुवाटार जग्गा हिनामिनामा मुछिएका थिए । उनको जेठा छोरा पहल गुरुङ, कल्याण गुरुङ, सरला गुरुङ र छोरी कामना गुरुङसहित अन्य व्यक्ति समेत अख्तियारको लिस्टमा छन् ।

भ्रष्टाचार अभियोगमा मुद्दा लागेका गुरुङका भाई पहल मान गुरुङ भाटभटेनी सुपर मार्केटकै बिजनेस तर्फका कार्यकारी निर्देशक हुन् । त्यस्तै अर्का पुत्र कल्याण गुरुङ सप्लाई चेन तर्फका कार्यकारी निर्देशक हुन् । पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङकी बुहारी समेत रहेकी कामना गुरुङलाई पनि भ्रष्टाचार मुद्दा लागेको छ । केही वर्षअघि मिनबहादुरले आफ्नी छोरी छत्रमानका छोरासँग भव्य विवाहा गरिदिएका थिए ।

बालुवाटारको सरकारी जग्गा मध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा थियो । पूर्व सचिव शारदा प्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले शोभाकान्त ढकाल, मिन रामकुमार सुवेदी भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई भूमाफिया भनेरै किटान गरिएको थियो । उनीहरुकै परिवारको नाममा २५ रोपनीभन्दा बढी जग्गा देखिएको थियो । गुरुङले आफ्नो परिवार र कम्पनिको नाममा समेत जग्गा लिएका थिए ।

मिन बहादुरकै परिवारको सदस्य सरला गुरुङ, शोकान्त ढकालकी पत्नि उमा कुमारी ढकाल्नी र अर्का भूमाफिया राम कुमार सुवेदीकी पत्नि माधवी सुवेदीको नाममा तीन कित्ता जग्गा छ ।

यता मिन बहादुर गुरुङकै नाममा ३ कित्ता जग्गा छ । २ सय ४२.४३ वर्ग्मिटरको यो जग्गा करिब आठ आना हुन आउँछ । सरकारी जग्गा कब्जा भएकोमध्ये करिब साढे ५२ आना जग्गा कल्याण गुरुङको नाममा छ । कल्याण मिन बहादुरकै कान्छा छोरा हुन् । बालुवाटारमा रहेको गैर आवाशिय नेपाली संघको भवन रहेको जग्गा पनि गुरुङ सहितका भूमाफियाले बेचेका थिए ।

मालपोत कार्यालयको तत्कालिन लेखन्दास राम कुमार सुवेदी र डा. शोभाकान्त ढकालसँगको मिलमतोमा गुरुङले जग्गा दलालीको धन्दा नै चलाएका थिए । उच्च राजनीतिक नेतृत्वसँग निकट सम्बन्ध बनाएका गुरुङलाई सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागले समेत पक्राउ गर्ने तयारी थालेको थियो । तर, बुधबार अख्तियारले मुद्दा नै दायर गरेपछि केही समय रोकिएको छ ।

मीनबहादुरले भाटभटेनी डेभलपमेन्ट प्रालिका नाममा ३ रोपनी ९ आनाको १० कित्ता जग्गा राखेका छन् । सरलाको नाममा ४ रोपनी १४ आना छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको २ सय ९९ रोपनी जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारसहित एक सय ३० जना व्यक्ति विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो ।