
काठमाडौं, २९ माघ । गृहमन्त्री राम बहादुर थापा बादलले नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुर प्रसाद ज्ञवालीलाई बधाई दिएका छन् । बधाई ग्रहण गर्न गृह मन्त्रालय पुगेका ज्ञवालीलाई ईमान्दार भएर जिम्मवारी निभाउन आग्रह गरे ।
तपाईंलाई मेरो र गृह मन्त्रालयको तर्फबाट बधाई तथा शुभकामना छ । तपाईंमाथि राज्यले विश्वास गरेर जिम्मेवारी दिएको छ,’ गृहमन्त्री बादलले भने, ‘त्यसलाई ईमानदारीतापुर्वक निर्वाह गर्नुहुनेछ भन्ने विश्वास छ । चुनौतिहरु थुप्रै छन् । कतिपय काम पूरा गर्न बाँकि छन, ती सफलतापुर्वक सम्पन्न गर्नुहुनेछ । गृहमन्त्रीको रुपमा तपाईंलाई पुर्ण सहयोग हुनेछ ।’
गृहमन्त्री थापाले उनलाई सहकर्मीलाई साथमा लिएर एकता बद्ध भएर अघि बढ्न समेत निर्देशन दिएका छन् ।
उनले प्रहरी महानिरिक्षक ज्ञवालीको कार्यकाल थोरै भएपनि ईच्छाशक्ति भए पाँच वर्षसम्मको काम हुने बताए ।
‘तपाईंको कार्यकालको समय थोरै छ, तर इच्छाशक्ति देखाउनुभयो भने पाँच वर्षमा हुन नसकेका काम पाँच महिनामा गर्न सकिन्छ,’ गृहमन्त्री बादलले भने ।