काठमाडौं, १ फागुन । राजधानीको एक बचत तथा सहकारी कार्यालय भित्रै एक महिला कर्मचारीमाथि बलात्कारको घटना भएको छ ।
राजधानीको दिल्लीबजारमा मुख्य कार्यालय रहेको दुरदर्शन बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष प्रमोद चन्द्र अधिकारी बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । केही दिनअघि पक्राउ परेका उनलाई प्रहरीले ५ दिन म्याद थपेर अनुसन्धान गरेको थियो ।
सहकारीमा सहायक लेखा अधिकृतको रुपमा कार्यरत लिजा अधिकारी (परिवर्तित नाम)माथि पटक पटक बलात्कार तथा यौन दुर्व्यबहार गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पीडित युवतीलाई अधिकारीले बलात्कार मात्रै होइन बलात्कारको भिडियो सिसिटिभी मार्फत रेकर्ड गराएर करिब एक करोड रुपैयाँ ब्ल्याकमेलिङ गरेर असुली गरेको पीडित युवतीले उजुरीमा उल्लेख गरेकी छिन् ।
शक्तिशाली व्यक्तिको आफन्त हुँ भन्दै बलात्कार गर्दै आएका अधिकारीले ती युवतीमाथि के–कस्तो हर्कत गरे भन्ने विषयमा अर्को विस्तृत समाचार केही बेरमा ….