काठमाडौं, ५ फागुन । पूर्व सभामुख कृष्ण बहादुर महरा डिल्लीबजार कारागारबाट रिहा भएका छन् । कारागारबाट रिहा भएसँगै सयौं समर्थकले महरालाई फूल मालाले स्वागत गरेका छन् । ढाकाटोपी र कोट पहिरिएर कारागारबाट निष्कीएका महरालाई स्वागत गर्न सयौं कार्यकर्ता डिल्लबजार पुगेका थिए ।
जिल्ला अदालत काठमाडौंले महरालाई सफाई दिने फैसला गरेको थियो । फैसला पश्चात प्रक्रिया पुर्याउन डिल्लबजार पुगेका उनलाई नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक रमेश चन्द्र ठकुरी र सशस्त्र प्रहरीका डिआईजी रन्जन कोइरालाले विदाई गरेका थिए ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंको आदेशको आधारमा उनी कारागार चलान भएका थिए ।