पाकिस्तानमा हिन्दुलाई विवाह दर्ताको अधिकार

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण ०७, २०७२ | ६:०१:१६

फाल्गुन ६, २०७२- पाकिस्तानको एक प्रान्तले हिन्दुहरूलाई पहिलोपटक आधिकारिक रूपमा विवाह गर्ने अधिकार प्रदान गरेको छ । सिन्ध प्रान्त इस्लामिक गणतन्त्रमा यस्तो निर्णय गर्ने पहिलो राज्य भएको छ ।

सिन्धका विधायकहरूले सोमबार यससम्बन्धी विधेयक पास गरेका हुन् । सिन्धमा करिब ३० लाख हिन्दु बसोबास गर्छन् । अधिकारवादीहरूका अनुसार यस्तो कानुन नहुँदा हिन्दु महिलाहरू जबर्जस्ती धर्म परिवर्तन, अपहरण र बलात्कारका निसाना बन्दै आएका थिए ।

उनीहरूका अनुसार पाकिस्तानमा विधवाहरूका लागि अझै अधिकार अभावको अवस्था छ ।
पाकिस्तानको राष्ट्रिय सभाले पनि राष्ट्रव्यापी रूपमै विवाहका विषयमा समान खाले कानुन ल्याउने तयारी गरिरहेको छ । पाकिस्तानका अन्य धार्मिक अल्पसंख्यकहरूका लागि विवाह दर्ताका लागि अझै पनि औपनिवेशकालीन कानुन कायम रहेको अवस्था छ । तर हिन्दुहरूका लागि त्यो पनि थिएन ।

नयाँ कानुनका अनुसार सिन्ध प्रान्तमा १८ वर्ष पुगेका हिन्दुले विवाह दर्ता गर्न सक्छन् । यसअघि नै विवाह गरिसकेकाले पनि अब दर्ता गर्न पाउनेछन् ।

सम्बन्धित खबर