संवैधानिक निकायका अध्यक्षलाई राष्ट्रपति कार्यालयमा सपथ खुवाइयो

दियोपोस्ट संवाददाता

काठमाडौं, २१ माघ । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा गुपचुप रुपमा सपथ गराइएको छ । मंगलबारको संवैधानिक परिषदको बैठक बहिष्कार गरेका प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराले नै उनीहरुलाई सपथ गराएका हुन् ।

बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए ।

विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

सम्बन्धित खबर

सिफारिस