नेकपाको मसाल जुलुशमाथि धादिङ सदरमुकाममा प्रहरीद्वारा हस्तक्षेप : २ जना घाइते !

दियो पोस्ट  

धादिङ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक पदाधिकारी नियुक्ती गरेको भन्दै विरोधमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।


धादिङवेशीमा आयोजित विरोध मसाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरी हस्तक्षेपबाट नेकपाका जिल्ला समिति सदस्य लक्ष्मण रम्तेल गम्भिर घाइते भएका छन् । नेकपाका नेता कृष्ण प्रसाद अर्याल पनि गम्भिर घाइते भएका छन् ।


रम्तेलको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते रम्तेललाई तत्कालै काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको नेकपा धादिङका सचिव बिजय बुर्लाकोटीले जानकारी दिए । शान्तिपूर्ण रुपमा प्रदर्शनमा आएका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।

शान्तिपूर्ण रुपमा मसाल जुलुस समापन गर्ने क्रममा प्रहरी दमनको बिरोध गर्दा केही समय झडप समेत भएको थियो । सिरानबजारबाट सुरु भएको जुलुस पुछारबजारमा आएर समापन भएको छ । जुलुसमा सयौँको संख्यामा नेकपा प्रचण्ड माधव समूहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेकपाले भोली आमहड्तालको आयोजना गरेको छ ।

TATA ADD