
काठमाडौं, २२ माघ । भोली माघ २३ गते प्रधानमन्त्री केपी ओली समुहले आफ्नो शक्ति प्रदर्शन गर्दैछ । तर, उक्त शक्ति प्रदर्शनको अघिल्लो दिन दरबारमार्ग क्षेत्रमा सत्ताको चरम दुरुपयोग देखिएको छ ।
ओली समुहको सभास्थल निमार्णका लागि भन्दै दरबारमार्ग क्षेत्रमा यातायात अवरुद्ध गरिएको छ । महेन्द्र शालिक नजिकैबाट गाडीहरु फकाइएको छ ।
ट्राफिक प्रहरी र प्रहरीलाई समेत ओली समुहको मञ्च व्यवस्थापनमा खटाइएको छ । उनीहरुले दरबारमार्ग क्षेत्रको डिभाइडर हटाएर नारायणहिटि दरबार संग्राहालयको भित्तामा राखेका छन् ।
दरबारमार्ग क्षेत्रका व्यापारीहरुलाई त्यहाँको सबै शौचालय दिन बालुवाटारबाटै धम्काइएको स्रोतले जनाएको छ । पूर्वमन्त्री महेश बस्नेतले बुधबार भएको अभिमुखिकरण कार्यक्रममा पनि दरबारमार्गको व्यापारीहरुको शौचालय प्रयोग हुने बताएका थिए ।