उतराखण्ड हिमताल विष्फोट अपडेट : १५० बेपत्ता, ७ जनाको शव भेटियो

उतराखण्ड हिमताल विष्फोट अपडेट : १५० बेपत्ता, ७ जनाको शव भेटियो

काठमाडौं, माघ २६ गते । भारतको उत्तराखण्ड राज्यमा एक हिमताल फुट्दा १२५ जना बेपत्ता भएका छन् भने ७ जनाको शव भेटिएको छ । उत्तराखण्डका मुख्य मन्त्री त्रिवेन्द्र सिंंह रावतले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।
उत्तराखण्डको चमोली जिल्ला भएर बग्ने धौलीगंगा नदीमा बाढी आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ऋषिगंगा जनविद्युत आयोजनाको डयाममा कार्यरत व्यक्तिहरु बेपत्ता भएका हुन् । चमोलीदेखि हरिद्वारसम्मका नदी तटीय क्षेत्रका गाउँबाट सर्वसाधारण खाली गराइएको छ । चमोली जिल्लामा उद्धारकर्मी तथा सेना परिचालन गरिएको छ ।
अधिकारीहरुले बाढी गएको क्षेत्र वरिपरिका ग्रामीण इलाका खाली गराएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियोमा बाढीले ठूलो क्षति पुर्याइएको देखिएको छ । बाढी प्रभाबित क्षेत्रका एक ग्रामीण संजयसिंह रानाले रोयर्टससँगको कुराकानीमा बाढी तीब्र वेगले आएको र सचेत गराउने समय पनि नपाएको बताए ।

Trending News