ओली सरकारको जनविरोधी हर्कत : पेट्रोल, ग्याँस र डिजलको मुल्य बढ्यो (सुचनासहित)

दियोपोस्ट संवाददाता

काठमाडौं, २८ माघ । प्रधानमन्त्री केपी ओली आफू नेतृत्वको सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्छु भन्दै भाषण गर्दै आइरहेका छन् । तर, यथार्थमा भने महँगी घटेको छैन । दैनिक बढिरहेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने अख्तियारमा आयल निगमकै जग्गा काण्डमा छानबीनमा परेका व्यक्तिलाई प्रमुख बनाइएको छ ।


चर्चित नेपाली उखान ‘मुखमा राम राम बगलीमा छुरा’ भने जस्तै ओली सरकारले भाषणमा भ्रष्टाचार र महँगी नियन्त्रण गर्छु भनेपनि यथार्थ त्यस्तो छैन । बुधबार नै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।


आज बुधबार राती १२ बजेदेखि नै लागु हुनेगरि पेट्रोल÷डिजेल तथा मट्टितेलको खुद्रा मुल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ । त्यस्तै खाना पकाउने ग्याँस प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । पेट्रेल तथा डिजेलको प्रतिलिटर ११२ रुपैयाँ पुर्याइएको छ । मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पुर्याइएको आयल निगमले जनाएको छ । त्यस्तै ग्याँसको मुल्य प्रतिसिलिन्डर १४ सय रुपैयाँ पुर्याइएको छ ।

सम्बन्धित खबर

सिफारिस