रामकुमारी झाँक्रीलाई पक्राउ गरे देश मुठभेड तिर जान्छ : जनार्दश शर्मा प्रभाकर

दियोपोस्ट संवाददाता

काठमाडौं, २९ माघ । नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरले नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर राज्यले मुठभेड निम्त्याउन चाहेको बताएका छन् ।


विहिबार विहानै प्रहरीले झाँक्रीको घर घेराबन्दी गरेपछि नेता शर्माले यस्तो बताएका हुन् । नेतृ झाँक्री यतिबेला प्रहरीको नजरबन्दमा परेकी छिन् । उनलाई पक्राउ गर्न प्रहरी उनी निवास पुगेपछि कार्यकर्ताले चर्को नाराबाजी गरेका छन् ।


‘रामकुमारी झाक्री लाई पक्राउ गर्ने कुरा नागरिक स्वतन्त्रताको हनन् मात्र होइन,’ उनले भने,‘देशलाई मुडभेटमा लगेर आफ्नो निहित स्वार्थ पूर्ती गर्ने षड्यन्त्र हो ।’

सम्बन्धित खबर

सिफारिस