रामकुमारी झाँक्रीले दिइन् आफै गिरफ्तारी : राज्य विरुद्धको अपराधमा पक्राउ पुर्जी !

दियोपोस्ट संवाददाता

काठमाडौं, २९ माघ । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई जरुरी पक्राउ पूर्जी थमाएपनि उनले गिरफ्तारी दिएकी छिन् ।

राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले सोधपुछका लागि बोलाएको थियो ।

तर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको हो । पक्राउ पुर्जी देखाउँदै उनले उनले गिरफ्तार दिएकी हुन् ।

सम्बन्धित खबर

सिफारिस