काठमाडौं । अभिनेता पल शाह विरुद्ध तनहु प्रहरीमा जाहेरी दर्ता भएको छ । जाहेरी दर्तासँगै प्रहरीले उनलाई पक्राउ गर्ने तयारीको छ । १८ वर्षभन्दा कम उमेरकी एक गायीकालाई बलात्कार गरेको अभियोगमा उनी विरुद्ध जाहेरी दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता भएको हो ।
जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ । बुधबार अबेर जाहेरी दर्ता भएकाले प्रहरीले विहिबार मात्रै पल विरुद्ध पक्राउ अनुमति लिनेछ । विहिबार पक्राउ अनुमति लिएपछि मात्रै उनलाई पक्राउ गर्ने प्रहरीको तयारी छ । तर, प्रहरीले पलको सुक्ष्म निगरानी भने थालिसकेको छ ।