नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा इटलीका अल्बर्टो एनेस नियुक्त

दियो पोस्ट  

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको केन्द्रीय समिति बैठकले एनेसलाई प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

पदपूर्ति समितिको सिफारिस अनुसार एनेसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अल्बर्टो एनेस इटालियन व्‍यावसायिक फुटबल प्रशिक्षक र पूर्वखेलाडी हुन्। उनी हाल इन्डियन सुपर लिग क्लब नर्थइस्ट युनाइटेडका मुख्य प्रशिक्षक रहेका छन्।

कुवेतका अल्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि एन्फाले प्रदीप हुमागाईं र प्रवेश कटुवाललाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी दिएको थियो।