पिएनजीविरूद्ध ११ औं ओभरमा नेपाललाई पहिलो सफलता

दियोपोस्ट संवाददाता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवान्यूगिनी (पिएनजी) विरूद्धको दोस्रो खेलमा नेपाललाई पहिलो सफलता हात पारेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले ११ औं ओभरको तेस्रो बलमा २६ रन बनाएर खेलिरहेका ओपनर किपलिन डोरिगालाई एलबिडब्लुको धरापमा पारे। ४३ बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए।

नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले पावरप्लेमा बिना कुनै विकेट क्षति ४२ रन बनाएको थियो। उसका लागि ओपनर किपलिन डोरिगाले ४१ बलमा २६ रन बनाउँदा टोनी उराले १९ बलमा ११ रन बनाएका थिए। नेपालका लागि करण केसीले ५ ओभरमा २ मेडन राख्दै ११ रन खर्चिए भने सोमपाल कामीले ५ ओभरमा २७ रन खर्चिए।

११ औं ओभरको समाप्तीमा पिएनजीले १ विकेट गुमाउँदै ४४ रन बनाएर खेलिरहेको छ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पिएनजीविरूद्ध नेपालले टोलीमा एक परिवर्तन गरेको छ। तीव्र गतिका बलर गुलशन झाको स्थानमा भीम सार्कीलाई मौका दिइएको छ।

नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ। शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले ६ मध्ये ४ जित आवश्यक हुन्।

बिहीबार घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको नेपालले युएईमै पहिलो खेलमा पिएनजीलाई हराएको थियो।