नेपालले युएईलाई दियो २४९ रनको लक्ष्य

आइसिसी विश्वकप लिग–२

दियो पोस्ट  

काठमाडों । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले युएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बाँकी छँदै सबै विकेट गुमाएर २४८ रन बनायो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए। आठौं अर्धशतक प्रहार गरेका रोहित नेपालबाट सर्वाधिक एक दिवसीय अर्धसतक बनाउने खेलाडीसमेत बने।