आफ्ना ३ मन्त्रीको राजीनामासँगै कर्णाली सरकारबाट बाहिरियो कांग्रेस

प्रदेश

दियो पोस्ट  

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । ८ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री बनेका सबै तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् ।

अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् । उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।