पाकिस्तानमा अनपेक्षित हिमपात हुँदा कम्तीमा ३५ को मृत्यु

दियो पोस्ट  

काठमाडौं । पाकिस्तानमा अनपेक्षित रुपमा हिमपात हुँदा कम्तीमा ३५ मानिसको ज्यान गएको छ । पाकिस्तानको उत्तर र पश्चिमी क्षेत्रमा अनपेक्षित रुपमा हिमपात, असिना पानीबाट दुई दिनमा कम्तीमा ३५ जनाको ज्यान गएको हो ।

हिमपातबाट दर्जनौ मानिस घाइते भएका छन् । घाइतेमेध्ये २२ बालबालिका रहेका छन् । पाकिस्तानको विपद् व्यवस्थापन अधिकारीका अनुसार हिमपातसँगै भएको असिना पानीपछि पहिरो गएको छ भने केहि मानिसहरु पहिरोमा पुरिएका छन् ।

पाकिस्तानमा मार्च महिनामा हिमपात र असिना पानी पर्दा हुँदा विज्ञसमेत चकित परेका छन् । पाकिस्तानको मौसम विभागका पुर्व निर्देशक मुस्तक अलि शाहले बीबीसीसँग भनेका छन्, ‘असिना पानी केहि समयसम्म पर्नु अनौठो होइन तर निरन्तर ३० मिनेटसम्म पर्नुले हामी चकित बनेका छौ । यो असामान्य घटना हो ।’

त्यहाँका अधिकारीहरुले बीबीसीसँग बताएअनुसार पाकिस्तानको खैबर पखतुन्ख्वा र बलोचिस्तान क्षेत्रमा मात्र भारी वर्षाबाट कम्तीमा १५० घरहरु पुर्ण रुपमा क्षतीग्रस्त भएका छन् भने ५०० घरमा आंशिक क्षती भएको छ । हिमपात र वर्षापछि केहि जिल्लाहरुमा विद्युत् आपर्तुीसमेत बन्द भएको छ ।

सिफारिस