देशमा हिंसा बढेपछि हैटीका प्रधानमन्त्रीले देशबाहिरबाटै दिए राजीनामा

दियो पोस्ट  

हैटीका प्रधानमन्त्री एरियल हेन्रीले देशबाहिरबाटै राजीनामा दिएका छन् । देशमा हिंसाका घटना बढेपछि उनले राजीनामा दिएका हुन् ।

हैटीको कानुन र व्यवस्था धरापमा परेपछि प्रधानमन्त्री हेन्रीको राजीनामाको लागि दबाब बढेको थियो । हैटीमा राजनैतिक संक्रमणबारे छलफल गर्न सोमबार केन्द्रिय नेताहरुबिच जमैकामा बैठक बसेको थियो । उक्त बैठकपछि हेन्रीले आफ्नो राजिनामा स्वीकार गरेका थिए ।

हेन्री हाल देशबाहिर छन् । पछिल्लो समय हैटीमा सशस्त्र समुहले हिंसा मच्चाइरहेको छ । उक्त हिंसापछि हेन्री पुर्टो रिको टापुमा फसेको बताइएको छ ।

उनी सन् २०२१ जुलाईमा हैटीको प्रधानमन्त्रीको रुपमा नियुक्त भएका थिए ।

TATA ADD