कामठाडौं । पहिलो टी–२० खेलमा आयरल्यान्डको ुएु क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले सहज जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो।
आयरल्यान्ड दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा ओपनर कुशल भुर्तेल नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे। कुशलले ३२ बलमा ४ चौका र दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हिर्काए।
त्यसअघि सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान गरे। उनले ३ चौका र २ छक्का प्रहार गरे।
तर नेपालले चौथो ओभरमा दुई विकेट गुमाएको थियो। दोस्रो बलमा आसिफ शेखलाई १० रन र चौथो बलमा रोहित पौडेललाई शून्यमा गुमाएको हो।
दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरे।