काठमाडौं । डा. केशवमान शाक्य पहिचानवादी आन्दोलनका उच्च तहका नेता हुन् । उनले लामो समयदेखि नेपालको जनजाती आन्दोलनको नेतृत्वदायी भूमिका निभाउँदै आएका छन् । आर्थिक क्षेत्रमा विद्यावारिधी हासिल गरेका शाक्य सन् २०१२ मा विज्ञान तथा प्रविधि मन्त्री समेत बनेका थिए ।
कुनै समय काठमाडौंको नेवार समुदायलाई एकजुट बनाएर नेपाः राष्ट्रिय पार्टीको अध्यक्ष थिए । कुनै समय लुम्बिनी विकास कोषको उपाध्यक्ष समेत रहेका उनी बुद्धिजममा विश्वास गर्छन् ।
उनै शाक्यसँग दियोपोस्टका लागि प्रदिप घतालले नेपालको विकासमा जातको अर्थराजनीतिक भूमिका, पहिचानवादी आन्दोलनको अवस्था र समसामयीक राजनीतिबारे लामो संवाद गरेका छन् । प्रस्तुत छ शाक्यसँगको विस्तृत भिडियाे अन्तर्वार्ता :