काठमाडौं । अमेरिकी वायु सेना सवार रहेको एक विमान काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । विहिबार दिउँसो ३ बजेर ५० मिनेटमा नेपाली आकासमा चार फन्को लगाएर अवतरण गरेको गरेको देखिन्छ ।
अमेरिकी वायु सेनाको आरसिएच १८१५ नम्बरको जहाज कहाँबाट यहाँ आएको हो भन्ने विवरण लुकाइएको छ । तर, इन्टरनेट मार्फत रेकर्ड हेर्दा पाकिस्तानको ईश्लामावादबाट यहाँ आएको देखिन्छ ।
आजभन्दा २ दिन अघि अर्थात ११ मार्चमा भने यो जहाज ताजकिस्तानको दुसावे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भउको देखिन्छ । त्यस्तै १० मार्चमा एआई एन ईन्टरनेश्नल एयरपोर्ट युएईमा अवतरण भएको देखिन्छ । १० मार्चमै साउदीको रियाद विमानस्थलमा अवतरण भएको यो जहाज त्यसको दुई दिन अघि मात्रै द्वन्दरत मुलुक ईजराइलको तेल अविव विन गुरिन ईन्टरनेश्नल एयरपोर्टमा अवतरण भएको देखिन्छ ।