काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न एक व्यक्तीलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बिरगन्ज महानगरपािलका २० घर भएका धिरज पटेल रहेका छन् । उनको साथबाट भिओआइपी कल बाइपासमा प्रयोग हुने उपकरण समेत सीआइबीले बरामद गरेको हो ।
ब्युरोले नेपाल टेलिकम र एनसेलको समेत प्राविधिक सहयोगमा उनलाई पक्राउ गरेको हो । ईन्टरनेट प्रयोग गरि कल बाइपास गर्न उनले विभिन्न १० थरी उपकरण प्रयोग गरेका थिए ।
पटेलले विरगन्ज १६ कै अनुज कुमार सराफको २ तले घरको दोस्रो तलामा एक कोठा प्रयोग गरि भिओआइपी कल बाइपास गर्ने गतिविधि गरेका थिए ।