कास्की । पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्राध्यापक तथा स्ववियु निर्वाचन अधिकृत रामचन्द्र पोखरेलले दलित समुदायलाई विभेद हुने गरि अभिव्यक्ति दिएका छन् ।
हिजो चैत्र १ गते शुक्रबार स्ववियु निर्वाचन समितिले आयोजना गरेको उम्मेदवार दर्ता भएका संघ, संगठन र संयुक्त प्यानल तथा स्वतन्त्र उम्मेदवारसँगको संयुक्त बैठकमा अभिव्यक्ति राख्ने बेलामा पोखरेलले बिना प्रसंग जातको विषय उठाउँदै ‘काले कामी र कामी काले एकै हो’ भनि जातिय विभेदजन्य अभिव्यक्ति दिएका हुन् । विद्यार्थी संगठनले चर्को विरोध गरेपछि निर्वाचन अधिकृत पोखरलले माफी मागेका छन् ।
दलित समुदायको भावना प्रति ठेस पुगेको भन्दै उनले पृथ्वी नारायण क्याम्पसको लेटरहेडमै माफी मागेका हुन् ।